कला/मनोरञ्जन

सांगीतिक ब्याण्डबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १८:५४
सांगीतिक ब्याण्डबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने  (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । नेपालमा पहिलो पटक सांगीतिक ब्याण्डबीच प्रतिस्पर्धात्मक रियालिटी शो हुने भएको छ ।

आयोजक संस्था ‘द लास्ट फ्राइड इभेन्टस’ ले आज पत्रकार सम्मेलन गरी देशभित्र लुकेका प्रतिभावान सांगीतिक ब्याण्डलाई अगाडि ल्याउने उद्देश्यसहित ‘द ब्याण्ड च्याम्पियन’ नामक रियालिटी शो गर्न लागेको जनाएको हो ।

उक्त रियालिटी शो हिमालय टेलिभिजन एचडीमा आगामी वैशाख १५ गतेदेखि प्रशारण हुने पनि जनाइएको छ ।

रियालिटी शोमा कसरी सहभागिता जनाउने भन्ने बारेमा आयोजकले चाँडै जानकारी गराउने बताएको छ । ‘द ब्याण्ड च्याम्पियन’ को पहिलो सिजनको निर्णायकमा ड्रमर देव राना, गायक तथा गिटारिष्ट ज्योति घिमिरे र हार्ड रक विधाका गायक रवीन तामाङ रहनुहुनेछ ।

विजेता ब्यान्डले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । कार्यक्रमको निर्देशन रवि श्रेष्ठले गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *