खेलकूद

बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन १८ गते १८:२७
बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोल अन्तरले पराजित

१८ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोलले पराजित भएको छ ।

बाँसबारीको जितमा दुवै गोल निशान सुनारले गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको शुरुवातमै निशानको गोलबाट बाँसबारीले अग्रता लियो ।

४७ औं मिनेटमा पुल्चोकका वैकल्पिक गोलरक्षक छेवाङ झाक्री अगाडी बढेको मौकामा निशानले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई पुल्चोकका कप्तान शंकर राईले बचाउने प्रयास गरेपनि सफल भएन । ६९ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीको अग्रता दोब्बर गरे ।

यस पटक पनि प्रतिकार राउतको पासमा निशानको प्रहार पुल्चोकका गोलरक्षकले बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोल भयो । जितसँगै बाँसबारीले ८ खेलबाट ६ जितका साथ १८ अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको बाँसबारीले शीर्षस्थानको सातदोबाटो र दोस्रो स्थानको खुमलटार युथ क्लबसँग अंक दूरी घटाउँदै उपाधि सम्भावना जीवितै राखेको छ । अब तीन राउण्डको खेल बाँकी रहेको अवस्थानमा पुल्चोकको रेलिगेशन सम्भावना बढेको छ ।

लीगमा भोलि नयाँ बस्ती युवा क्लब र टुसाल क्लब तथा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्