समाज

विराटनगरमा निर्माणाधिन वधशाला एक दशकदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १७:२९
विराटनगरमा निर्माणाधिन वधशाला एक दशकदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा वधशाला निर्माण अलपत्र परेको छ ।

उपभोक्तालाई स्वस्थकर र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ एक दशकअघि वधशाला निर्माण शुरु भएको थियो । तर विभिन्न कारण देखाउँदै निर्माण रोकिएपछि वधशाला अहिले अलपत्र परेको छ ।

पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयको ६० लाख र विराटनगर उप(महानगरपालिकाको ३८ लाख बजेटमा २०६६ सालबाट मधुमारामा वधशाला निर्माण शुरु भएको थियो । तर काम अघि नबढेपछि तयार भएका संरचना पनि भत्कन थालेका छन् ।

पछिल्लो १ दशकमा वधशाला निर्माणका लागि १ करोड १९ लाख बजेट खर्च भइसकेको छ । १३ करोड २० लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । अलपत्र अवस्थामा रहेको वधशाला लागूऔषध प्रयोगकर्ताको अखडा र डम्पिङ साइटजस्तै बनेको छ ।

डीपीआर डिजाइनमा देखिएको प्राविधिक त्रुटिका कारण निर्माण कार्य बीचमा रोकिएको महानगरका अधिकारी बताउँछन् । प्राविधिक त्रुटि सच्याएर बनाइएको नयाँ डीपीआर अनुसार निर्माण अघि बढ्ने उनीहरुको दाबी छ ।

एकातिर व्यवस्थित वधशाला निर्माणको काम अलपत्र परेको छ भने अर्कातिर विराटनगरका बासिन्दा अस्वस्थकर मासु खान बाध्य छन् । एक दशकअघि निर्माण शुरु गरिएको व्यवस्थित वधशाला कहिले पुरा हुन्छ कसैलाई जानकारी छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *