खेलकूद

बी डिभिजन लीगः मध्यपुर युथ एसोसिएसन विजयी, श्री कुमारी क्लब २–१ ले पराजित

हिमालय टिभी
२०७७ फागुन १८ गते १५:२६
बी डिभिजन लीगः मध्यपुर युथ एसोसिएसन विजयी, श्री कुमारी क्लब २–१ ले पराजित

१८ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा मध्यपुर युथ एशोसियसनले आज श्रीकुमारी क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा मध्यपुरले श्रीकुमारीलाई २–१ गोल अन्तरले हराएको हो । मध्यपुरका कैलाश लामिछाने खत्री र कप्तान धिरज श्रेष्ठले गोल गरे ।

४० औं मिनेटमा आशिष राईको गोलबाट श्रीकुमारीले अग्रता लियो । डिबक्सभित्र पाएको पासलाई नियन्त्रणमा लिँदै आशिषले गोल गरे । तर त्यसको पाँच मिनेट पछिनै मध्यपुरले खेल बराबरी गर्न सफल भयो ।

मैदानको मध्य भगाबाट आएको लामो पासलाई डि बक्सभित्र आकर्षक हेडर गर्दै कैलाशले मध्यपुरलाई खेलमा फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको शुरुवातमै मध्यपुरले अग्रता लियो ।

४८ औं मिनेटमा मध्यपुरका कप्तान धिरजले डिबक्स भित्रबाट गरेको सामान्य प्रहारलाई श्रीकुमारीका गोलकिपरले बचाउन सकेनन् ।

जितसँगै ८ खेलबाट ७ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ । आजै अर्को खेलमा पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्