अन्तर्वार्ता
प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रक्रियाबाट हटाउने चेतावनी (भिडियो कुराकानी)
२०७७ फागुन १८ गते १४:०६

१८ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिए संसदीय प्रक्रियाभित्रबाटै हटाउने चेतावनी दिनुभएको छ ।
हिमालय टेलिभिजनको दैनिक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै गुरुङले राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो ।
अबको संसदीय प्रक्रियामा नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई साथ दिएमा फेरी संसद विघटन भएर गम्भीर संवैधानिक संकट आउने उहाँको भनाइ छ ।
अहिले सबै कुरा निर्वाचन आयोगमा अड्किएको भन्दै गुरुङले जतिसक्यो छिटो फैसला गरेर विवादको निरुपण गरिदिनु पर्ने उहाँको आग्रह छ ।
पूरा भिडियो
प्रतिक्रिया