खेलकूद

ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा रोकियो

हिमालय टिभी
२०७७ फागुन १८ गते ९:०३
ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा रोकियो

१८ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा रियल मड्रिड र रियल सोसिडाडले एकएक गोलको बराबरी खेलेका हुन् । मड्रिडको घरेलु मैदानमा सोसिडाडले ५५औं मिनेटमा पोर्चुगिज मञ्जानेराको गोलबाट अग्रता लिएको थियो ।

तर ८९ औं मिनेटमा मड्रिडका भिनिसिअस जुनियर गोल गर्दै खेल एकएकको बराबरीमा ल्याएका थिए । बराबरी पश्चात मड्रिडले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक हुँदा दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको मड्रिडको समान २५ खेलबाट समान ५३ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्