खेलकूद
प्रिमियर लीगमा साउथह्याम्टनमाथि एभर्टनको जित
२०७७ फागुन १८ गते ८:५८
१८ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन विजयी भएको छ ।
प्रिमियर लीगमा गएराति एभर्टनले साउथह्याम्टनमाथि १(० को साँघुरो जित निकालेको हो । घरेलु मैदानमा एभर्टनका लागि नवौं मिनेटमा रिचार्लिसनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि सातौं स्थानमा रहेको एभर्टनले २५ खेलबाट ४३ अंक जोडेको छ । त्यस्तै शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लीगमा छनौट हुने एभर्टनको सम्भावना थप बलियो बनेको छ ।
प्रतिक्रिया