खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १८ गते ८:५२
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

१८ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

श्री कुमारी ७ खेलमा ७ अंकसहित आठौं स्थानमा रहँदा समान ७ खेलमा ४ अंकसहित मध्यपुर पुछारबाट दोस्रो स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लब भिड्ने छन् । तेस्रो स्थानको बाँसबारीले ७ खेलमा १५ अंक जोडेको छ ।

उता ७ खेलबाट २ अंक मात्र रहेको पुल्चोक तालिकाको पुछारमा रहेको टोली हो । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्