समाज

घर पाएपछि मुसहर बस्तीमा देखियो यस्तो खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते ५:५९
घर पाएपछि मुसहर बस्तीमा देखियो यस्तो खुसी (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ धनुषा । धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठाको पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारको आर्थिक लगानीमा प्रदेश २ सरकारले निर्माण गरेका घर हस्तान्तरण गरिएको हो ।

के हिउँद के बर्खा सधै‌ँ झुपडीमा बस्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोवेला, विन्धि तथा बसहीयाका मुसहरलाई घर हस्तान्तरण गरिएको छ ।

घर पाएर निक्कै खुसी भएका लादो बेलाका मुसहर समुदायले एक अर्कालाई अबिर दलेर खुशीयाली साटासाट गरेका छन् । उनीहरुको पक्की घरमा बस्ने वर्षौँ देखिको चाहना पुरा भएको छ ।

लादोका ४३ मुसहर, विन्धिका ३६ र बसहीयाका ४५ परिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश २ सरकारले घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

प्रदेश २ का डोम, हलखोर, मुसहर तथा मेस्तरका ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । आर्थिक वर्ष २०७५–७६ र ०७६–७७ गरेर दुई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म २ सय ८१ वटा घरको निर्माण भएको छ । यस्तै ४ सय वटा घर निर्माण भइरहेको छ । ती सबै घर असार मसान्तसम्ममा बनाइसक्ने लक्ष्य छ ।

तर धनुषाको बसहीयामा निर्माणको क्रममा ३४ वटा घरका बारेमा भने अदालतमा मुद्दा परेको छ । र ती घरको निर्माण भने रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *