खेलकूद

श्री भगवती क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित

हिमालय टिभी
२०७७ फागुन १७ गते १८:५०
श्री भगवती क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित

१७ फागुन २०७७ काठमाडौं । श्री भगवती क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा शीर्षस्थान कायमै राखेको छ ।

एनफा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा श्री भगवतीलाई १–० गोलले हराउँदै सातदोबाटोले लिगमा अपराजित रहँदै उपाधि नजिक पुगेको हो ।

खेलको २५ औं मिनेटमा प्रवेश बस्नेतले गरेको गोलनै सातदोबाटोका जितमा निर्णायक बन्यो । श्री भगवतीका लक्ष्मण जिसीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि रेफ्रीले सातदोबाटोलाई पेनाल्टीको मौका दियो ।

जहाँ प्रवेशको प्रहारलाई गोलरक्षक सुदिप गिरीले बचाउन खोजेपनि हातमा लाग्दै गोल हुन पुगेको थियो । प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखीनै दुवै टोलीले गोलका राम्रो अबसर सिर्जना गरेपनि कुनै गोल हुन सकेन ।

दोस्रो हाफमा सातदोबाटोलाई दबाबमा राखेपनि फिनिसिङमा चुक्दा श्री भगवती पराजित हुन पुग्यो ।जितसँगै सातदोबाटोको ८ खेलबाट २२ अंक पुगेको छ । श्री भगवती भने ८ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्