आर्थिक

सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन १७ गते १२:५७
सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोवार

१७ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ ।

अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ ।

प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ ।

तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने रु पाँचले वृद्धि भई रु एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *