खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १७ गते ७:५०
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

१७ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र टुसाल क्लब आमने(सामने हुनेछन् ।

आरसीटी ७ खेलमा ९ अंकसहित छैठौं स्थानमा र ८ अंक जोडेको टुसाल सातौं स्थानमा छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र श्री भगवती क्लब भिड्ने छन् । सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।

उता श्री भगवती ७ खेलमा ६ अंक जोड्दै नवौं स्थानमा छ । । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्