खेलकूद

प्रिमियर लीगमा लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी

हिमालय टिभी
२०७७ फागुन १७ गते ७:२३
प्रिमियर लीगमा लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी

१७ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल, टोटेनह्याम र आर्सनल विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को जित दर्ता गर्‍यो । अवे मैदानमा खेलको ४८औं मिनेटमा कर्टिस जोन्सले लिभरपुललाई अग्रता दिलाएका थिए ।

६४औं मिनेटमा सेफिल्डका किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भएको थियो । जितपछि छैठौं स्थानमा रहेको लिभरपुलले २६ खेलबाट ४३ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा टोटेनह्यामले बर्नलीलाई ४–० ले हरायो । घरेलु मैदानमा टोटेनह्यामको जितमा ग्यारेथ बेलले दुई तथा ह्यारी केन र लुकास मौराले एक(एक गरेका थिए । जितसँगै टोटेनह्याम २५ खेलबाट ३९ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।

यस्तै आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराउँदा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड र पाँचौं स्थानको चेल्सी तथा क्रिष्टल प्यालेस र फूलह्याम गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्