खेलकूद

बी डिभिजन लीगः ब्वाइज युनियन विजयी नयाँ बस्ती युवा क्लब ३–० ले पराजित

हिमालय टिभी
२०७७ फागुन १६ गते १५:३३
बी डिभिजन लीगः ब्वाइज युनियन विजयी नयाँ बस्ती युवा क्लब ३–० ले पराजित

१६ फागुन २०७७ काठमाडौं । नयाँ बस्ती युवा क्लबलाई हराउँदै ब्वाइज युनियन क्लब काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा चौथो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्तीलाई ३–० ले हरायो । ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गरे । २१ औं मिनेटमा डि बक्समा पाएको पासमा मिलनले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिलनले दोस्रो गोल गरे । नयाँ बस्तिका गोल किपरको बल रोक्ने प्रयासमा रिबाउण्ड भएको बललाई मिलनले पोष्टको दिशा दिए । पहिलो हाफमा २–० को अग्रता लिएको ब्वाइज युनियनले दोस्रो हाफमा १ गोल थप्यो । यस पटक पनि मिलनले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

मैदानको मध्य भागबाट आएको बल नयाँ बस्तिका डिफेन्डरले क्लियर गर्न सकेनन र उनले गोल गरे ।

जितसँगै १४ अंक जोडेको ब्वाइज युनियन तालिकाको चौथो स्थानमा छ । ११ अंक रहेको नयाँ बस्ति पाँचौं स्थानमा छ ।

लिगमा आजै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र खुमलटार युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । १६ अंक जोड्दै दोस्रो स्थानको खुमलटार आज शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा छ ।

उता ६ अंकसहित नवौं स्थानमा रहेको झम्सीखेलको लक्ष्य आठौं स्थानमा उक्लने रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्