आर्थिक
सुनको भाउ तोलामा पाँच सय घट्यो, प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोवार
२०७७ फागुन १६ गते १२:५२

१६ फागुन २०७७ काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैंयाले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला ८८ हजार तीन सय रुपैंयामा कारोबार हुने गरी मूल्य निर्धारण भएको जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैंयामा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैंयामा कारोवार हुने गरी मूल्य तोकिएको छ।
यस्तै चाँदी आज तोलामा १० रुपैंयाले घटेको छ ।
प्रतिक्रिया