बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै
१६ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।
आज ब्वाइज युनियन क्लब र नयाँ बस्ती युवा क्लब तथा झम्सिखेल युथ क्लब र खुमलटार युथ क्लब भिड्ने भएका छन् ।
पहिलो खेलमा ब्वाइज युनियन र नयाँबस्ती आमने(सामने हुनेछन् । ब्वाइज युनियन ११ अंकसहित तालिकाको चौथो तथा समान ११ अंक रहेको नयाँ बस्ती पाँचौं स्थानमा छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।
यस्तै, आजै हुने अर्को खेलमा झम्सिखेल र खुमलटारले प्रतिस्पर्धा गर्नेछन् । १६ अंक जोड्दै दोस्रो स्थानको खुमलटार आज शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहनेछ ।
उता ६ अंकसहित नवौं स्थानमा रहेको झम्सीखेलको लक्ष्य आठौं स्थानमा उक्लने रहनेछ । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।
प्रतिक्रिया