खेलकूद

बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्कियो

हिमालय टिभी
२०७७ फागुन १६ गते ७:५७
बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्कियो

१६ फागुन २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्किएको छ ।

ला लिगा गएराति सेभियालाई २–० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको हो । अवे मैदानमा बार्सिलोनको जितमा कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले गोल गरेका थिए ।

डेम्बेलेले २९ औं तथा मेस्सीले ८५ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी २ अंकमा झारेको छ ।

एट्लेटिकोको २३ खेलबाट ५५ अंक हुँदा बार्सिलोनाले २५ खेल खेल्दै ५३ अंक जोडेको छ । त्यस्तै तेस्रो स्थानको रियल मड्रिडको ५२ अंक हुँदा ४८ अंकसहित सेभिया चौंथो स्थानमा रहेका छन् ।

ला लिगा अन्तर्गत नै गएराति गेटाफेले भ्यालेन्सियामाथि ३० तथा ओसासुनाले अलाभेसमाथि १–० को जित निकाल्दा इबर र ह्यूस्का एक(एक गोलको बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्