प्रिमियर लीगमा वेष्टह्याम युनाइटेडमाथि म्यानचेष्टर सिटी विजयी

१६ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको विजयी यात्रा जारी छ ।
प्रिमियर लीग अन्तर्गत गएराति सिटीले वेष्टह्याम युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३०औं मिनेटमा रुबेन डायसको गोलसँगै अग्रता बनाएको थियो ।
तर ४३औं मिनेटमा वेष्टह्यामका मिचेल एन्टोनियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर ६८औं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले खेलमा २१ को अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन । यसका साथै सिटीको अपराजित यात्रा २७ खेलसम्म पुगेको छ ।
जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अग्रता तेह्र अंकले बढाएको छ । २६ खेलबाट सिटीले ६२ अंक जोड्दा युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।
लीग अन्तर्गत नै गएराति वेष्टब्रोमले ब्राइटनलाई र एष्टन भिल्लाले लिड्सलाई समान १–० ले हराए । त्यस्तै न्यूक्यासल युनाइटेड र उल्फ्सले एक(एक गोलको बराबरी खेले ।
प्रतिक्रिया