बी डिभिजन लीगका दुवै खेल बराबरीमा सकियो
१५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लब तथा बाँसबारी श्री कुमारी क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट प्रयास भएपनि गोल भने हुन सकेन । बाँसबारी ६ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा हुँदा श्री कुमारी समान खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।
यस्तै आजै भएको अर्को खेलमा बाँसबारी युवा क्लब र श्री कुमारी क्लब बिचको खेल पनि गोलरहित बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाँसबारीले बराबरी खेल्दै अंक बाड्नु परेको हो ।
श्री कुमारीले पनि गोलको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
बाँसबारीले ७ खेलमा १५ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ । श्री कुमारीले ७ खेलमा ७ अंक जोडेको छ । श्री कुमारी आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया