आर्थिक

कौसी खेतीः सहरमा जग्गा नहुनेका लागि आम्दानीको स्रोत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १५ गते १७:१३
कौसी खेतीः सहरमा जग्गा नहुनेका लागि आम्दानीको स्रोत (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ रुपन्देही । पछिल्लो समय शहरी क्षेत्रमा कौसी खेती गर्ने बढ्दै गएका छन् । शहरी क्षेत्रमा खेतीका लागि जग्गा नपाइने हुँदा घरको छत नै खेतीका लागि उपयोग हुन थालेको छ । रुपन्देहीमा पनि कौशी खेतीतिर आकर्षण बढ्न थालेको छ ।

यो काउली र गोलभेँडा कुनै खेत बारीमा फलेको हैन । अनि यो ढकमक्क भएको फूल पनि कुनै बगैँचाको हैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थटोलमा रहेको एक तले घरको छतमा फूलेका फूल र फलेका तरकारी हुन् यी ।

घर धनी ३० वर्षीया सावित्रा भण्डारीको मेहनतले उहाँको कौशी हराभरा भएको छ । यसअघि कपडाको व्यापार गर्ने सावित्राको पसल पोहोर लकडाउन शुरु भएसँगै बन्द भयो । अनि घरभित्रै बसेर गर्ने काम खोज्ने क्रममा उहाँले कौशी खेती गर्न थाल्नुभयो ।

यसमा परिवारले पनि उहाँलाई सहयोग गरिरहेको छ । कौसीमा बन्दा, काउली, धनिया, काँक्रो, टमाटर, खुर्सानी, घ्युकुमारी, भान्टा, साग, मरठ्ठी, धुपी सल्ला, सयपत्री, गोदावरी, गुलाव, बेगनबेली लगाउनुभएको छ । १० धुर क्षेत्रफलमा बनेको घरको छतमा तरकारी र फलफूलका बेर्ना हुर्किरहेका छन् । छतमा तरकारी खेती थालेपछि सावित्राको दैनिकी फेरिएको छ ।

बजारबाट प्लाटिष्कको पोलेथिन, गमला र विभिन्न प्रकारका क्यारेट जम्मा पारेर माटो र प्राङगारिक मल भरी तरकारी, फलफूल र बेमौषमी फूल लगाउन शुरू गरेकी उहाँले भान्साकै फोहरबाट मल बनाउने थाल्नुभयो ।

भान्सामा प्रयोग भइसकेको पानी यी तरकारी र फूलमा हाल्ने उहाँले गाईको गहुँत र गोबरलाई समेत प्रयोग गरी बोट बिरुवालाई रोगरहित बनाउँदै हुर्काउने गर्नुभएको छ । अरुलाई पनि कौसी खेतीमा लाग्न उहाँले सुझाव दिनुभएको छ ।

शहरमा घर हुुने तर, जग्गा नहुुनेका लागि कौसी खेती आम्दानीको श्रोत बन्न सक्छ । यसबाट घरायसी प्रयोग र सामान्य घर खर्च धान्न सकिने भएकाले पछिल्लो पटक रुपन्देहीमा पनि आकर्षण बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *