खेलकूद

बी डिभिजन लीग फूटबलः पुल्चोक स्पोर्टस र श्री भगवतीबीचको खेल बराबरी

हिमालय टिभी
२०७७ फागुन १५ गते १५:१७
बी डिभिजन लीग फूटबलः पुल्चोक स्पोर्टस र श्री भगवतीबीचको खेल बराबरी

१५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलको आजको पहिलो खेल पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेका हुन् ।

अर्को खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लबबीच आमने सामने हुनेछन् । आजको खेल जिते बाँसबारी दोस्रो स्थानमा उक्लने छ ।

बाँसबारी ६ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा हुँदा श्री कुमारी समान खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्