खेलकूद

बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १५ गते ७:५१
बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदै

१५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आज पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लब तथा बाँसबारी क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा पुल्चोक स्पोर्टस र श्री भगवती आमने(सामने हुनेछन् ।

श्री भगवती ६ खेलमा ५ अंकका साथ दशौं स्थानमा छ । उता पुल्चोक ६ खेलमा १ अंकसहित तालिकाको पुछारमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा बाँसबारी र श्री कुमारीबीच खेल हुनेछ। बाँसबारी ६ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा हुँदा श्री कुमारी समान खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।

एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्