खेलकूद
युरोपा लीग फूटबलको प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक
२०७७ फागुन १५ गते ७:४७
१५ फागुन २०७७ काठमाडौं । युरोपा लीग फूटबलको प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ ।
युरोपा लीगले गएराति प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको हो । तालिका अनुसार इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आर्सनल र ओलम्पियाकोस तथा टोटेनह्याम र डिनामो जाग्रेब भिड्ने छन् । उता स्पेनिस क्लब ग्रानाडाले मोल्डेसँग खेल्दा आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ ।
त्यस्तै डाइनामो किभले भिल्लारियालसँग खेल्दा रोमाले शाख्तर डोनेस्कसँग र रेञ्जर्सले स्लाभिया प्रहासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया