समाज

रेडपाण्डा संरक्षणमा पूर्वी पहाडका समुदाय नै सक्रिय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १६:४९
रेडपाण्डा संरक्षणमा पूर्वी पहाडका समुदाय नै सक्रिय (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ पाँचथर । संकटापन्न वन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणका लागि पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङमा समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । रेडपाण्डाको महत्वबारे दर्शाएपछि स्थानीय बासिन्दा पनि संरक्षणमा सचेत बन्दै गएका छन् ।

रेडपाण्डा नेटवर्कले समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पूर्वी पहाडका पाँचथर–इलाम– ताप्लेजुङलाई पीआईटी करिडोर बनाएर समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालित छन् ।

संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवर्द्धन र क्षमता विकासका लागि सन् २००७ देखि यि जिल्लामा काम भइरहेको छ । पछिल्ला वर्ष पश्चिम नेपालका कालीकोट, जुम्ला, डोल्पा, रोल्पा, जाजारकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पनि यो कार्यक्रम चलिरहेको छ ।

पाँचथर, इलम र ताप्लेजुङका १३ वटा स्थानीय तहमा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । रेडपाण्डाको गतिविधि अध्ययन, वन अनुगमन र रिर्पोटिङका लागि ६२ जना बन अभिभावक राखिएको छ ।

वन फडानी, जथाभावी निर्माणका काम, डडेलो तथा चोरी निकासीका कारण रेडपाण्डा जोखिममा पर्ने गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले रेडपाण्डालाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ ।

पाठ्य पुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । रेडपाण्डा संरक्षणमा स्थानीय बासिन्दा पनि सचेत हुँदै गएका छन ।

रेडपाण्डाको अध्ययनका लागि वनमा क्यामेरा राख्ने, जीपीएस कलरिङ गर्ने लगायतका काम भएका छन् ।

रेडपाण्डा संरक्षणका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले काम गरिरहेको छ । नेपाल सरकारले पनि पाँच वर्षे कार्ययोजना बनाएको छ । रेडपाण्डा संरक्षणका लागि चोरी निकासि नियन्त्रणका साथै रेडपाण्डा पाउने सामुदायिक वन क्षेत्रमा रुख काट्न पूर्ण रुपमा रोक लगाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *