खेलकूद

बी डिभिजन लीग : सातदोबाटो विजयी, खुमलटार ३–२ गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन १४ गते १६:३५
बी डिभिजन लीग : सातदोबाटो विजयी, खुमलटार ३–२ गोल अन्तरले पराजित

१४ फागुन २०७७ काठमाडौं । खुमलटार युथ क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीगको शीर्षस्थान कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई ३–२ गोलले हरायो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले १–१ गोल गरे ।

११ औं मिनेटमा पाएको पेनाल्टी दोर्जेले गोल गर्दा सातदोबाटोले अग्रता लिएपनि २६ औं मिनेटमा खुमलटार खेलमा फर्कियो । डिबक्स नजिकैबाट सबिन केसीले फ्रिकिकमा आकर्षक गोल गर्दै खुमलटारलाई १(१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवातमै खुमलटारले अग्रता लियो । ४८ औं मिनेटमा खुमलटारका आदिल हमिदले गोल गर्दै क्लबलाई २–१ को अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको ६१ औं मिनेटमा सातदोबाटोका आशिषले गोल गर्दै खेल बराबरी गरे ।

रोमाञ्चक खेलको ७३ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३२ को जित दिलाए । कर्नरमा पाएको पासलाई भुवनले डिबक्स बाहिरबाट प्रहार गरेको लामो पास सिधै गोलमा परिणत भयो ।

जितसँगै ७ खेलमा १९ अंक जोडेको सातदोबाटोले शीर्षस्थान कायम राखेको छ । पराजित खुमलटारले भने समान खेलबाट १६ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्