खेलकूद

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको शानदार जित

हिमालय टिभी
२०७७ फागुन १४ गते ८:४१
इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको शानदार जित

१४ फागुन २०७७ नयाँ दिल्ली । भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा शानदार जित निकालेको छ ।

घरेलु मैदान अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो । जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पुरा गर्यो । भारतका लागि रोहित शर्माले अविजित रहदै २५ रन बनाए ।

यस्तै शुबमन गिलले अविजित १५ रन जोडे । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए ।

कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्