आर्थिक

कर्जा सहजीकरण गर्न उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच यस्तो सम्झौता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते ६:३९
कर्जा सहजीकरण गर्न उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच यस्तो सम्झौता (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने सम्झौता भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु घरेलु तथा मझौला उद्यमहरुको प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजिकरण गर्ने गराउने छन् । सम्झौतापछि महासंघका अध्यक्ष शेखर गोल्छाले यो सम्झौताबाट साना उद्यमीले फाइदा लिन सक्ने बताउनुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमीलाई सहजै एसएमई बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताउनुभयो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ ।

कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्नेछ । वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *