समाज

अपराधिक गतिविधि रोक्न प्रहरीको नयाँ कार्ययोजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते ६:०९
अपराधिक गतिविधि रोक्न प्रहरीको नयाँ कार्ययोजना (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ कपिलवस्तु । विद्यालयस्तरमा हुने अपराधका गतिविधि रोक्न कपिलवस्तुमा प्रहरीले नयाँ कार्ययोजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसलाई पाठ्यक्रम भनेको छ । देशमै पहिलो पटक विद्यालय प्रहरी साझेदारीको उद्देश्यसहित कार्ययोजना बनाइएको प्रहरीको दाबी छ ।

सामुदायिक सुरक्षा संस्थागत गरी अपराध रोक्न र शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ कपिलवस्तुमा प्रहरीले पाठ्यक्रम बनाएर विद्यालय सचेतना कार्यक्रम अघि बढाएको छ ।

लागू औषध दुर्व्यसनी, धुमपान, मद्यपान र मादक पदार्थ सेवन, साईबर अपराधलाई यसमा समेटिएको छ । सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, दाईजो प्रथा, बाल बालिका विरुद्ध हुने अपराध, बाल यौन दुर्व्यवहार, ट्राफिक सचेतना, क्रिमिनल रेकर्ड सिस्टम र लैगिंक हिंसाको प्रतिवाद पनि बालबालिकालाई पढाईनेछ ।

समुदाय प्रहरी साझेदारीका लागि काम गर्दै आएको प्रहरीले कपिलवस्तुका दश वटै स्थानीय तहका विद्यालयमा यो पाठ्यक्रम पुर्याउने लक्ष्य राखेको छ । विद्यालय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्न प्रहरी र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबिच सम्झौता पनि भएको छ । विद्यालय र प्रहरी साझेदारी कार्यक्रमले विद्यालयस्तरमा हुन सक्ने आपराधिक घटना रोक्न सहयोग गर्ने उनीहरुको विश्वास छ ।

आपराधिक घटनामा संलग्न हुने र आपराधिक घटनामा पीडित हुने धेरैजसो युवा समूहकै छन् । त्यसैले कपिलवस्तु प्रहरीको यो योजना प्रभावकारी ढंगले कार्यान्वयन भयो भने अपराध नियन्त्रणमा सफलता हात लाग्नेछ । त्यसैले योजनाको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबैले साथ दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *