कुहिएका अवस्थामा महिलाको शव फेला

हिमालय टिभी
२०७७ फागुन १३ गते १५:२७
कुहिएका अवस्थामा महिलाको शव फेला

१३ फागुन २०७७ लहान । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *