खेलकूद

बार्सिलोना ला लिगा फूटबलको तेस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ फागुन १३ गते ७:४९
बार्सिलोना ला लिगा फूटबलको तेस्रो स्थानमा उक्लियो

१३ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा इल्चीलाई ३–० ले हराउँदै बार्सिलोना तेस्रो स्थानमा पुगेको हो ।

घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई र फ्रेङकी डि जोङले एक गोल गरेका थिए । मेस्सीले खेलको ४८औं र ६८औं तथा जोङले ७३औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी ५ अंकमा झारेको छ ।

शीर्ष स्थानको एट्लेटिकोको २३ खेलबाट ५५ अंक हुँदा एक खेल बढी खेलेको बार्सिलोनाको ५० अंक छ । त्यस्तै दोस्रो स्थानको रियल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्