अन्तर्वार्ता
तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई बामदेव गौतमको सुझाव (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १२ गते २०:४०
![तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई बामदेव गौतमको सुझाव (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/bamdev-gautam.jpg)
१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ ।
प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने गौतमको भनाइ छ ।
आज बिहान न्यूज एजेन्सी नेपालसँग कुरागर्दै नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताउनुभएको छ ।
प्रतिक्रिया