खेलकूद

श्रीकुमारी क्लब विजयी, श्री भगवती क्लब ४–१ गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन १२ गते १८:०१
श्रीकुमारी क्लब विजयी, श्री भगवती क्लब ४–१ गोल अन्तरले पराजित

१२ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा श्रीकुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ गोलले हराएको छ ।

श्रीकुमारीको जितमा चार वटै गोल आशिष राईले गरे । खेलको २० औं र ५३ औं मिनेटमा गोल गरेका अशिषले ६४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनले खेलको ७७ औं मिनेटमा चौथो गोल गरे ।

खेलको ५८ औं मिनेटमा श्रीकुमारीका विवेक पुन दोहोरो पँहेदो कार्ड पाउँदै मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित श्रीकुमारीसँग ४ गोलले पछि परेको अवस्थामा खेलको इन्जुरी समयमा नवराज गुरुङले श्री भगवतीका लागि सान्त्वना गोल गरे । जितसँगै श्रीकुमारीले ७ खेलबाट ९ अंक जोडेको छ ।

लीगमा भोलि आरसीटी र नयाँ बस्ती युवा क्लब तथा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्