आर्थिक

नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता

हिमालय टिभी
२०७७ फागुन १२ गते १७:४५
नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता

१२ फागुन २०७७ काठमाडौं । नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीबीच सम्झौता भएको हो ।

दुई देशका आइसिटी कम्पनीलाई सँगसँगै अघि बढाउन र भारतको प्रविधि नेपालमा ल्याई आइसिटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष सृजना राणाले जानकारी दिनुभयो ।

विद्यार्थीलाई आइसिटी उद्योगमा आवद्ध गराउन पनि पहल गर्ने नेपालभारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *