खेलकूद

बी डिभिजन लीग फूटबलमा बाँसबारीको जित, टुसाल ३–१ गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन १२ गते १४:५१
बी डिभिजन लीग फूटबलमा बाँसबारीको जित, टुसाल ३–१ गोल अन्तरले पराजित

१२ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा बाँसबारी क्लबले पाँचौ जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा बाँसबारीले टुसाल क्लबलाई ३–१ गोलले हरायो । बाँसबारीको जितमा भिष्मराज घिमिरेले दुई र अनिल गुरुङले एक गोल गरे ।

खेलको पाँचौ मिनेटमै भिष्मराजले बाँसबारीलाई अग्रता दिलाए । मैदानको बिच भागबाट पाएको लामो पास नियन्त्रणमा लिँदै टुसालको गोल रक्षक अगाडी बढेको फाइदा उठाउँदै उनले सहजै गोल गरे ।

३४ औं मिनेटमा टुसालका गोलरक्षकले रिलिज गरेको बलमा भिष्मले दोस्रो गोल गरे । दोस्रो हाफको शुरुवातदेखिनै प्रतिस्पर्धात्म्क बनेको खेलको ५४ औं मिनेटमा बाँसबारीका लागि अनिल गुरुङले तेस्रो गोल गरे ।

खेलमा फर्कने प्रयासमा रहेको टुसालले ७० औं मिनेटमा सुनिल धामीको गोलबाट अन्तर घटायो । आफ्नो डिबक्स नजिकैबाट एक्लैले बल अगाडी बढाउँदै सुनिलले आकर्षक गोल गरे । खेलमा पटक पटक गोलको मौका बनाएको टुसालले इन्जुरी समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । जितसँगै बाँसबारीले ६ खेलबाट १४ अंक जोडेको छ ।

लीगमा आजै हुने दोस्रो खेलमा श्रीकुमारी क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्