खेलकूद

प्रिमियर लीगमा साउथह्याम्टनविरुद्ध लिड्स युनाइटेडको सहज जित

हिमालय टिभी
२०७७ फागुन १२ गते ८:२४
प्रिमियर लीगमा साउथह्याम्टनविरुद्ध लिड्स युनाइटेडको सहज जित

१२ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेडले सहज जित निकालेको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति लिड्सले साउथह्याम्टनलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा लिड्सको जितमा प्याट्रिक बामफोर्ड, स्टुवार्ट डालस र राफिन्हाले गोल गरेका थिए ।

लिड्सले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि ४७ औं मिनेटमा बामफोर्ड, ७८ औं मिनेटमा डालस र ८४ औं मिनेटमा राफिन्हाले गोल गरेका हुन् ।

जितपछि २५ खेलबाट ३५ अंक जोड्दै लिड्स तालिकाको दशौं स्थानमा उक्लिएको छ । उता १४ औं स्थानमा रहेको साउथह्याम्टनको समान खेलबाट ३० अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *