खेलकूद

च्याम्पियन्स लीगमा वायर्न म्युनिख र चेल्सी विजयी

हिमालय टिभी
२०७७ फागुन १२ गते ८:१०
च्याम्पियन्स लीगमा वायर्न म्युनिख र चेल्सी विजयी

१२ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता वायर्न म्यूनिख र चेल्सी विजयी भएका छन् ।

वायर्नले इटालियन क्लब लाजियोमाथि ४–१ को शानदार जित निकालेको हो । अवे मैदानमा जर्मन क्लब वायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरोय सानेले गोल गरेका थिए । लेवान्डोस्कीले नवौं मिनेटमै वायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसपछि उसका लागि २४ औं मिनेटमा मुसिएला र ४२ औं मिनेटमा सानेले गोल थपेका थिए । त्यस्तै एक गोल उसले आत्मघाती गोलको रुपमा पाएको थियो । ४७औं मिनेटमा लाजियोका फ्रान्सिस्को एसर्बीले आत्मघाती गोल गर्न पुगेका थिए ।

लाजियोका लागि ४९औं मिनेटमा जोआक्लिन कोरोएले सान्त्वना गोल फर्काएका थिए । दोस्रो खेल वायर्नको घरेलु मैदानमा मार्च १७ तारिखमा हुनेछ ।

यस्तै अर्को खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० गोलले हरायो । एट्लेटिकोको मैदानमा इंग्लिस क्लब चेल्सीका लागि ओलिभिएर जिरुडले गरेको एकमात्र गोल नै निर्णायक रह्यो ।

उनले ४९ औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेग चेल्सीको मैदानमा १७ मार्चमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्