समाज

गोदावरीमा फरक खालको होम स्टे सञ्चालन, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १७:०४
गोदावरीमा फरक खालको होम स्टे सञ्चालन, यस्ता छन् सुविधा (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ कैलाली । अहिले खानपिन र एकान्तमा बस्न रमाउनेका लागि होमस्टे रोजाइमा पर्न थालेको छ । सबैतिर रमाइलो र खानपिनलाई केन्द्रीत गरेर होमस्टे बनाइरहेका बेला कैलालीको गोदावरीमा भने धार्मिक पर्यटन प्रवर्द्धनका लागि धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

पर्यटन प्रवर्द्धनका नाममा अधिकांश क्षेत्रमा अहिले होमस्टे सञ्चालनमा आएका छन् । तर कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी धामलाई लक्षित गर्दै फरक किसिमको धार्मिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

गोदावरी धाममा दर्शन गर्नेलाई लक्षित गरेर बनाइएको होमस्टेमा धार्मिक पर्वमा खाइने खानेकुरा पकाइने र भजन, कृतनसमेतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

गोदावरी धाम क्षेत्रका बासिन्दाको यो पहलले धार्मिक पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम धार्मिक पर्यटनमा निकै सम्भावना भएको प्रदेश हो । गोदावरी धाम प्रदेशकै स्नान गर्ने मुख्य तिर्थस्थल मानिन्छ । धार्मिक होमस्टेबाट पर्यटन प्रवर्द्धन हुने पर्यटन व्यवसायीको पनि विश्वास छ ।

खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रमद्वारा सञ्चालित सप्रोस नेपालले सञ्चालकलाई १ महिने तालिम दिएपछि होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टेलाई थप विस्तार र सुविधा सम्पन्न बनाउन सहयोग गर्न स्थानीय जनप्रतिनिधिले सरकारलाई आग्रह गरेका छन् ।

धार्मिक सामुदायिक होमस्टे सुदूरपश्चिम प्रदेश तथा देशमै पहिलो रहेको सञ्चालकको दाबी छ । यो धार्मिक होमस्टेले गोदावरी धाम दर्शनका लागि आएका श्रद्धालुलाई आरामदायी बास पनि दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *