आर्थिक

सुनको भाउ तोलामा ११ सय बढ्यो, प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ फागुन ११ गते १३:४०
सुनको भाउ तोलामा ११ सय बढ्यो, प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोवार

११ फागुन २०७७ काठमाडौं । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको हो ।

आइतबार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *