खेलकूद
बी डिभिजन लीग फूटबलका बाँकी खेल आजदेखि शुरु हुँदै
२०७७ फागुन ११ गते ९:३२

११ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुँदैछन् ।
कोरोना भाइरस महामारीका कारण गत वर्षको चैत ५ देखि स्थगित खेल आजदेखि फेरि शुरु हुन लागेका हुन् ।
यसअन्तर्गत आज पहिलो दिन दुई खेल हुनेछन् । आज पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह सवा बाह्र बजे शुरु हुनेछ ।
यस्तै आजै हुने अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबले खेल्नेछन् । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो साढे तीन बजे शुरु हुनेछ ।
प्रतिक्रिया