खेलकूद
प्रिमियर लीग फूटबलमा ब्राइटनविरुद्ध क्रिष्टल प्यालेसको जित
२०७७ फागुन ११ गते ७:५३
११ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा क्रिष्टल प्यालेस विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा क्रिष्टलले ब्राइटनमाथि २–१ गोलको जित निकालेको हो । अवे मैदानमा उसका लागि जिन फिलिपे माटेटाले शरुवाती अग्रता दिलाएका थिए ।
तर ५५औं मिनेटमा ब्राइटनका जोयल भेल्टम्यानले गोल थप्दै खेल १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इञ्जुरी समयमा क्रिष्टियन बेनटेकाले गोल गरेपछि क्रिष्टल समग्रमा २–१ ले विजयी भयो ।
जितसँगै क्रिष्टल २५ खेलबाट ३२ अंक जोड्दै तालिकाको १३औं स्थानमा उक्लिएको छ । ब्राइटन १६औं स्थानमा यथावत् छ ।
प्रतिक्रिया