खेलकूद
युभेन्टस इटालियन सिरी ए फूटबलको तेस्रो स्थानमा उक्लियो
२०७७ फागुन ११ गते ७:४८

११ फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ ।
सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा क्रोटोनलाई ३–० ले हराउँदै युभेन्टस तेस्रो स्थानमा पुगेको हो ।
घरेलु मैदानमा युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई र वेष्टन म्याकेनीले एक गोल गरे । रोनाल्डोले ३८ र पहिलो हाफको इञ्जुरी समयमा गोल गरेका थिए ।
रोनाल्डोले दुबै गोल हेडमार्फत गरेका थिए । त्यसपछि ६६औं मिनेटमा म्याकेनीले गोल थपेका थिए ।
शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ तथा दोस्रो स्थानको एसी मिलानको समान खेलबाट ४९ अंक हुँदा युभेन्टसको २२ खेलबाट ४५ अंक भएको छ ।
प्रतिक्रिया