आर्थिक

आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै

हिमालय टिभी
२०७७ फागुन ११ गते ६:२१
आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै

११ फागुन २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *