पर्यटन व्यवसायीले भने–सभा जुलुस गर्दा नसर्ने पर्यटक आउँदा कसरी हुन्छ कोरोनाको जोखिम ? (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ काठमाडौं । पर्यटन व्यवसायीले सबै किसिमका पर्यटन गतिविधि निर्वाध रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग गरेका छन् ।
पर्यटन व्यवसायीका सबै छाता संगठनले काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरी देशभर भइरहेका सभाले कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा कसरी जोखिम हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
उनीहरुले पर्यटकलाई पाँच दिनको क्वारन्टिन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लगायतका मापदण्ड खारेज गर्न माग गरेका छन् ।
पटकपटक माग राख्दा पनि सरकारले सुनुवाई नगरेको व्यवसायीको गुनासो छ । नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्नुपर्ने, भारत र चीन तर्फको सीमानाबाट भित्रिने सवारीसाधनलाई निर्वाध रुपमा आवतजावत गर्न दिनुपर्ने व्यवसायीको माग छ ।
पर्यटन व्यवसायीले कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका व्यवसायीले अहिले सम्म पुनर्कर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन् ।
प्रतिक्रिया