खेलकूद

नेपाल सुपर लीग वैशाख दोस्रो हप्तादेखि हुने

हिमालय टिभी
२०७७ फागुन १० गते १७:४६
नेपाल सुपर लीग वैशाख दोस्रो हप्तादेखि हुने

१० फागुन २०७७ काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फूटबल नेपाल सुपर लीग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो हप्ताबाट हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल सुपर लीग वैशाख ११ गतेबाट शुरु गर्ने जानकारी दिएको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख २५ गतेसम्म संचालन हुने बताइएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लीगमा ७ प्रदेशका सात टिम सहभागी हुनेछन । टिम र मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ । राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।

स्वदेशी र विदेशी खेलाडी राख्न पाइने टिमका खेलाडीको छनोट अक्सनबाट हुने आयोजकले बताएको छ ।

अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम खुलाइएको छैन ।

दुई वर्ष अघि नै लीग आयोजना गर्ने घोषणा गरिए पनि रंगशालाको पुनर्निर्माण र कोरोना महामारीका कारण धकेलिएको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लीग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्