आर्थिक

नयाँ बानेश्वरमा शाओमीको सर्भिस सेन्टर

हिमालय टिभी
२०७७ फागुन १० गते १७:३४
नयाँ बानेश्वरमा शाओमीको सर्भिस सेन्टर

१० फागुन २०७७ काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले काठमाडौंमा नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

विश्व चर्चित ग्याजेट कम्पनीले आफ्नो सातौं सर्भिस सेन्टर नयाँ बानेश्वरमा रहेको आईप्लेक्स मलमा संचालन गरेको हो ।

हाल काठमाडौंका दुई स्थानमा कम्पनीका सर्भिस सेन्टरहरु सञ्चालनमा छन् भने उपत्यका बाहिर नारायणघाट, नेपालगन्ज, इटहरी र पोखराबाट सेवा दिइरहेको छ ।

सर्भिस सेन्टर विस्तारले शाओमी ब्राण्डका मोबाइलसहित विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्तालाई सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

विक्री पछिको सेवाले नेपालमा शाओमीका प्रयोगकर्ता बढ्ने आशा कम्पनीले लिएको छ ।

नयाँ सर्भिस सेन्टर संचालनको अबसरमा कम्पनीले आफ्ना सबै उत्पादनमा एक सातासम्मका लागि निःशुल्क सर्भिस क्याम्प संचालन गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *