राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा ६८ जिल्लाको नेतृत्व चयन (सूचीसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १४:५२
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा ६८ जिल्लाको नेतृत्व चयन (सूचीसहित)

१० फागुन २०७७ काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।

पार्टी विभाजन भएपछि प्रचण्ड नेपाल–समूहले अध्यक्ष र सचिवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।

यसैगरी यो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

बाँकी नौ जिल्लामा प्रदेशका पदाधिकारीले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड– नेपाल समूहले जनाएको छ ।

प्रचण्ड नेपाल समूहले कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकीकरण गर्ने मापदण्ड बनाएको छ ।

अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्