आर्थिक

विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने साझा यातायातको तयारी

हिमालय टिभी
२०७७ फागुन १० गते १३:३३
विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने साझा यातायातको तयारी

१० फागुन २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने भएको छ ।

डेढ वर्षअघि रोकिएकै अवस्थाबाट साझाले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको हो । सरकारले फिर्ता लिएको ३ अर्ब रुपैयाँ फेरि साझालाई नै बस खरिदका लागि फिर्ता गरेपछि प्रक्रिया अघि बढाउने साझाले बताएको छ ।

बस किन्दा चलखेल हुन लागेको आशंकामा सरकारले करिब डेढ वर्ष खेर फालिदिए पनि अब छिट्टै पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाउने साझाको भनाइ छ ।

सरकारले फेरि विश्वास गरेर सबै रकम फर्काएकाले विगतकै योजना अनुरुप स्वच्छ र पारदर्शी रुपमा बस किन्न र सञ्चालन गर्न अघि बढ्ने भएको छ ।

साझाले पहिलो पटकमा ३० देखि ५० वटा मात्रै बस किन्ने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको भनाइ छ । २ हजार ७५ साल पुस ९ गते सरकारले ३ सय वटा बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो ।

तर, सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड र काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *