खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै

हिमालय टिभी
२०७७ फागुन १० गते ७:४४
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै

१० फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लीग लिडर म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सिटीले आर्सनलमाथि १–० को जित निकालेको हो । अवे मैदानमा सिटीका लागि रहिम स्टरलिङ्ले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

उनले खेलको दोस्रो मिनेटमै रियाद महरेजको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै सिटीको आफ्नो जित १८ खेलसम्म पनि कायमै राखेको छ ।

सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । लीग अन्तर्गत नै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ३–१ गोलले स्तब्ध बनायो ।

घरेलु मैदानमा युनाइटेडको जितमा मार्कस राशफोर्ड, ड्यानियल जेम्स र ब्रुनो फर्नान्डिसले गोल गरेका थिए । दोस्रो स्थानको युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।

त्यस्तै लेष्टर सिटीले एष्टन भिल्लालाई र वेष्टह्याम युनाइटेडले टोटेनह्यामलाई समान २१ गोलले पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्