खेलकूद

जोकोभिचले जिते नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७७ फागुन ९ गते १७:५०
जोकोभिचले जिते नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि

९ फागुन २०७७ मेलवर्न । लगातार तेस्रो पटक च्याम्पियन बन्दै विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

मेलवर्नमा आज भएको उपाधि भिडन्तमा चौंथो वरियताका रुसी खेलाडी डेनियल मेदभेदेबलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले अष्ट्रेलियन ओपनको नवौं तथा समग्रमा १८औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा ३३ वर्षीय जोकोभिचले एक घण्टा ५३ मिनेट कोर्टमा बिताए ।

यसअघिका लगातार दुई संस्करण संस्करण जितेका जोकोभिचले २५ वर्षीय मेदभेदेवलाई ७–५, ६–२ र ६–२ को सेटमा हराए । यो उपाधिसँगै जोकोभिच सबैभन्दा धेरै अष्ट्रेलियन ओपन जित्ने खेलाडी बनेका छन् ।

पुरुषतर्फ जोकोभिच च्याम्पियन बन्दा महिला एकल तर्फको उपाधि भने जापानी खेलाडी नाओमी ओशाकाले जितेकी छन् ।

हिजो भएको महिला तर्फको फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै ओशाकाले चौथो पटक ग्राण्डस्लामको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्