आर्थिक

सुनको भाउ तोलामा ८ सय बढ्यो, प्रतितोला ८९ हजारमा कारोवार

हिमालय टिभी
२०७७ फागुन ९ गते १३:०३
सुनको भाउ तोलामा ८ सय बढ्यो, प्रतितोला ८९ हजारमा कारोवार

९ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *